Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

जताततै विश्वकप फुटबलको माहौल, तर दशरथ रंगशालाको अवस्था दयनीय (तस्वीरहरू)

जताततै विश्वकप फुटबलको माहौल, तर दशरथ रंगशालाको अवस्था दयनीय (तस्वीरहरू)

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । विश्वभर फुटबल विश्वकपको माहौल तातेको छ । शहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक–चोकमा फुटबल–प्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन् । तर, नेपालको अन्तर्राष्ट्रियस्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत–सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ ।

    दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ । नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ ।

    images

    Dashrathstadium_NPL3-1783919926.jpg
    गत ११ असारमा अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन् । तर, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत–सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ ।

    दशरथ रंगशालामा पछिल्लोपटक २६ फेब्रअरी २०२५ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन ।

    विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

    Dashrathstadium_NPL1-1783919925.jpg

    Dashrathstadium_NPL2-1783919925.jpg

    Dashrathstadium_NPL4-1783919924.jpg

    Dashrathstadium_NPL7-1783919923.jpg


    Dashrathstadium_NPL6-1783919923.jpg

    Dashrathstadium_NPL9-1783919922.jpg

    Dashrathstadium_NPL8-1783919922.jpg

    Dashrathstadium_NPL11-1783919921.jpg

    Dashrathstadium_NPL10-1783919921.jpg

    Dashrathstadium_NPL13-1783919920.jpg

    Dashrathstadium_NPL12-1783919920.jpg

    तस्वीर : नेपाल फोटो लाइब्रेरी

     

     

     


     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार