Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?

नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नाटक ‘सेतो धरती’ हेरेकी छन् । उनले शनिबार गैरीधारास्थित कान्तिपुर थियटर पुगेर नाटक हेरेकी हुन् ।

    केही सहयोगीका साथ थियटर पुगेकी भण्डारीले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको प्रतिक्रिया दिएकी छन्।

    images

    मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’ माथि नाटक आधारित कान्तिपुर थियटरले अहिले पुनः मञ्चन गरिरहेको छ। केही अगाडि मञ्चन भएको नाटक दर्शकको माग अनुसार सुरु हुने भएको छ । कान्तिपुर थिएटरले गत १३ गतेदेखि यसलाई पुनः मञ्चन थालेको हो ।

    सुरुमा १६ असारसम्म मञ्चन गर्न भएर पुनः मञ्चन गरेको नाटक दर्शकको मागअनुसार असार २८ अर्थात् आजसम्म लम्ब्याइएको छ । चर्चित अभिनेत्री बेनिशा हमालको डेब्यू अभिनय रहेको यो नाटकको मञ्चन यसअघि १९ वैशाख भएको थियो ।

    सुन्दर धिताल निर्देशित नाटकमा कान्तिपुर थिएटरका ३० जना कलाकारले समेत अभिनय गरेका छन् । थियटरले अब विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित सोही नामको नाटकको मञ्चन तयारी समेत गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार