Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ । समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

    उनले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको बताए ।

    images

    राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद छ । यस विषयबारे समितिमा कुरा उठेको र उजुरी पनि परेकाले छलफलका लागि बैठक आह्वान भएको सभापछि खड्काले बताए । 

    असार २३ गते बसेको समिति बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय उठेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार