Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अनुमति बिना भारतबाट नेपाली श्रमिक उडाउने म्यानपावर कारबाहीमा, ४३९ कम्पनीलाई विवरण बुझाउन निर्देशन

अनुमति बिना भारतबाट नेपाली श्रमिक उडाउने म्यानपावर कारबाहीमा, ४३९ कम्पनीलाई विवरण बुझाउन निर्देशन

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । 

    विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो ।

    images

    विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए-नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।

    सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ ।

    विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार