Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् । 

    प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । 

    images

    सरकारले ७८ दिनअघि काठमाडौँको थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त गरेको छैन । जसका कारण पीडितहरू थप पीडा भोग्न बाध्य भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार