Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृ अधिकृतले बताए । पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

    उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु बाल मन्दिरको कार्यसमितिमा बसेर काम गरेका सदस्य र सचिव हुन् । आरोपीहरूले बाल मन्दिरमा बालबालिकालाई भरणपोषण र शिक्षा दीक्षाको लागी प्राप्त रकम रकम हिनामिना गरेको आरोप छ।

    images

    नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।

    मासिक ९ लाख रुपैयाँ भाडा तोकेर बि.सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको अनुसन्धानबाट भेटिएको थियो । बाल सङ्गठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार