Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बीपी अस्पतालबाट समातिए दश बिचौलिया

बीपी अस्पतालबाट समातिए दश बिचौलिया

बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दश जना बिचौलिया पक्राउ परेका छन् । 

    निजी मेडिकलसँग सेटिङ मिलाएर अस्पतालमा आएका बिरामीलाई सस्तोमा औषधि मिलाइदिने प्रलोभनमा पारेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    images

    पक्राउ पर्नेहरूमा सप्तरीका ३७ वर्षीय रन्जितकुमार चौधरी र २७ वर्षीया रविना मण्डल, भोजपुरका ३५ वर्षीय हस्त श्रेष्ठ, सुनसरीका २० वर्षीय सागर पोखरेल, मोरङका २९ वर्षीय सान्विन किराती, सुनसरीका २३ वर्षीय मनिष बुढाथोकी, ३५ वर्षीय धिरोज निरौला, ३१ वर्षीय रोहित मेहता, १८ वर्षीय विनोद भट्टराई र उदयपुरका ४० वर्षीय उमेशकुमार चौधरी छन् ।

    अस्पतालको इमर्जेन्सी भवनअगाडि त्यस्ता गतिविधि गरिरहेको अवस्थामा निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । समातिएका दसै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार